नियम ११
भूउपयोग क्षेत्र परिवर्तनका लागि निवेदन दिन सक्ने
(१) ऐनको दफा८ को उपदफा (२) बमोजिम कुनै व्यक्तिले आफ्नो हकभोगमा रहेको जग्गा निर्धारित प्रयोजनभन्दा फरक प्रयोजनको लागि प्रयोग गर्नु परेमा सोको आधार र कारण खुलाई भूउपयोग परिवर्तन गर्न अनुसूची-२ बमोजिमको ढाँचामा स्थानीय: भूउपयोग परिषद्मा निवेदन दिन सक्नेछ।

(२) उपनियम (१) बमोजिम परेको निवेदनउपर छानबिन गर्दा स्थानीय भूउपयोग परिषद्ले भूउपयोग परिवर्तन गर्न उपयुक्त देखेमा सोको आधार र कारण खुलाई त्यस्तो निवेदन प्रदेश भूउपयोग परिषद्मा पठाउनु पर्नेछ।

(३) उपनियम (२) बमोजिम स्थानीय भूउपयोग परिषद्ले निवेदन पठाउँदा एकमुष्ठ रुपमा पुष मसान्त र असार मसान्तमा पठाउनु पर्नेछ।

(४) ऐनको दफा टको उपदफा (४) बमोजिमको समितिले दिएको प्रतिवेदन समेतको आधारमा प्रदेश भूउपयोग परिषद्ले भूउपयोग परिवर्तनका लागि उपयुक्त देखेमा सङ्घीय भूउपयोग परिषद्मा सिफारिस: गर्नेछ।

(५) उपनियम (४१ बमोजिमको सिफारिस समेतका आधारमा भूउपयोग परिवर्तन: गर्न उपयुक्त देखेमा सङ्घीय भूउपयोग परिषद्ले भूउपयोग- परिवर्तन गर्न स्वीकृति दिने निर्णय गर्न सक्नेछ।

(६) उपनियम (५) बमोजिम भूउपयोग परिवर्तन गर्न स्वीकृति दिने निर्णय भएमा सोको कार्यान्वयनका लागि सङ्घीय भूउपयोग परिषद्ले प्रदेश भूउपयोग परिषद्‌ मार्फत सम्बन्धित स्थानीय भूउपयोग परिषद्मा लेखी पठाउनु पर्नेछ।

(७) उपनियम (६) बमोजिम लेखी आएमा स्थानीय भूउपयोग परिषद्ले त्यस्तो जग्गाको भूउपयोग परिवर्तन गर्नु पर्नेछ। (८) उपनियम (७) बमोजिम भूउपयोग परिवर्तन गरेको व्यहोराको सूचना स्थानीय तहले सार्वजनिक रुपमा प्रकाशन गर्नु पर्नेछ।

(९) यस नियम बमोजिम भूउपयोग परिवर्तन गर्न अनुमति दिएपछि वा ऐनको दफा ७ को उपदफा (३) बमोजिम अदालतबाट निर्णय भई आएपछि स्थानीय तहले जग्गाधनी दर्ता स्रेस्ता र सो सम्बन्धी विद्युतीय अभिलेख तथा जग्गाधनी दर्ता प्रमाणपूर्जा लगायतको अभिलेख अघ्यावधि्क_ गर्न मालपोत कार्यालय र नापी कार्यालयमा लेखी पठाउनु पर्नेछ।

(१०) उपनियम (९) बमोजिम जग्गाधनी दर्ता स्रेस्ता, विद्युतीय अभिलेख तथा जग्गाधनी दर्ता प्रमाणपूर्जा अद्यावधिक गर्न लेखी आएमा सम्बन्धित मालपोत कार्यालय र नापी कार्यालयले नियम १० बमोजिम अच्चावधिक गर्नु पर्नेछ।